Skip to main content
मध्यपश्चिम विश्वविद्यालयका ग्र्याजुएट स्कुलहरूको पुनर्संरचना अध्ययनसम्बन्धी बैठक

मध्यपश्चिम विश्वविद्यालयका ग्र्याजुएट स्कुलहरूको पुनर्संरचना अध्ययनसम्बन्धी बैठक

News

View Gallery
Loading...

आज मिति २०८३ साल असोज ६ गते मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत सञ्चालित ग्र्याजुएट स्कुलहरूको पुनर्संरचना अध्ययनलाई अघि बढाउने उद्देश्यले ग्र्याजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी र ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्सेजमा छुट्टाछुट्टै बैठक सम्पन्न भएका छन्।

बैठक पुनर्संरचना अध्ययन कार्यदलका संयोजक एवं ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्सेजका डीन सह-प्रा.डा. आनन्द प्रसाद सुवेदीको संयोजकत्वमा तथा सम्पन्न भएको थियो। बैठकमा कार्यदलका सदस्यहरू सह-प्रा.डा. पूर्णमान श्रेष्ठ, सह-प्रा.डा. दीपकराज अधिकारी, सह-प्रा.डा. करन सिंह धामी तथा कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का लगायत सम्बन्धित ग्र्याजुएट स्कुलका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।

बैठकमा विश्वविद्यालयअन्तर्गत सञ्चालित विभिन्न ग्र्याजुएट स्कुलहरूको वर्तमान संरचना, शैक्षिक तथा प्रशासनिक व्यवस्थापन र आगामी दिनमा गर्नुपर्ने पुनर्संरचनाका विषयमा छलफल गरिएको थियो। विश्वविद्यालयको शैक्षिक संरचनालाई थप व्यवस्थित, प्रभावकारी तथा आवश्यकताअनुकूल बनाउन ग्र्याजुएट स्कुलहरूको पुनर्संरचना अध्ययनलाई अघि बढाउने विषयमा बैठक केन्द्रित रहेको थियो।